बिज्ञापन
कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बिज्ञापन
बैंकले सो लाभांश १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) को रूपमा प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिको बैठक आईतवार साँझ ४ बजे केन्द्रीय कार्यालयमा बसेको थियो। सोही बैठकले लाभांश वितरणको निर्णय पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए।
बिज्ञापन
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
कामना सेवा विकास बैंक यो वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो।








