होमपेज > बोलेरो जीप दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

बोलेरो जीप दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

बिज्ञापन
बिज्ञापन

पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् ।

बिज्ञापन

दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् । सोमबार बेलुका पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।

बिज्ञापन

जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले बताए ।

दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते