समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ईटहरी शाखाले आफ्नो तेश्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बिज्ञापन
ईटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा उक्त वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सवमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो ।
बिज्ञापन
शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
आर.टि जि.एस., आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।








