प्रभु बैंकले अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित यूरोमनि अर्वाड फर एक्सिलेन्स २०२५ अन्तरगत नेपालको ‘बेस्ट डिजिजल बैंक फर एसएमईज’ अवार्ड प्राप्त गरेको छ ।
बिज्ञापन
सिंगापुरमा आयोजित एक समारोहका बीच उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा बेंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य ३ महिला अधिकृतहरुले संयुक्तरुपमा उक्त सम्मान ग्रहण गरेका हुन् ।
बिज्ञापन
बैंकले यसअघि बैंक अफ द इयर २०२३ बाट सम्मानित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा, अवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा सशक्त उपस्थिति जनाइसकेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हाल ३१२ शाखा ४८ एक्स्टेन्सन आउन्टर, २५६ एटीएममार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।








