बिज्ञापन
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म समग्र वित्तीय सूचकहरूमा सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको विवरणअनुसार सो अवधिमा बैंकको खुद नाफा ५० करोड ३ लाख रुपैयाँ पुगेको छ भने लाभांश वितरण क्षमतासमेत ११.५१ प्रतिशतमा उक्लिएको छ।
बिज्ञापन
बैंकले हालसम्म ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५.०५ प्रतिशतले कर्जा वृद्धि भएको हो। चौथो त्रैमाससम्म कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत र खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र पर्छ।
शेयरधनीहरूका लागि प्रतिफल ११.७९ प्रतिशत रहेको बैंकले जनाएको छ भने पुँजी पर्याप्तता अनुपात पनि सन्तोषजनक रहेकोले निकट भविष्यमा पुँजी अभाव नभई व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।
बिज्ञापन
त्यस्तै, बैंकको कोष लागत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत कम हो। कोष लागत घटेसँगै बैंकको आधार दर पनि घटेर ६.५४ प्रतिशतमा आएको छ, जसको प्रत्यक्ष लाभ ऋणीहरूले पाउने बैंकको भनाइ छ।
प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउँदै बैंकले मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा हालै थप गरेको छ। “सबल बैंक, सफल सहकार्य” नाराका साथ बैंकले देशभर १०३ शाखाबाट ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।








