होमपेज > शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा, कस्ता छन् विशेषता?

शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ बीमा सञ्चालनमा, कस्ता छन् विशेषता?

बिज्ञापन
बिज्ञापन

शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भाद्र २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा उक्त बीमाको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।

बिज्ञापन

यस योजनाअन्तर्गत व्यक्तिगत वा परिवारका सम्पूर्ण सदस्यलाई स्वास्थ्य बीमा गर्न सकिनेछ। हालको बढ्दो उपचार खर्चलाई मध्यनजर गर्दै शिखर स्वास्थ्य सुरक्षाले अधिकतम २० लाख रुपैयाँसम्मको बीमा सुविधा दिनेछ। कम्पनीले यो योजना नेपाली बजारमा स्वास्थ्य बीमाको क्षेत्रमा नयाँ विकल्पको रूपमा रहने विश्वास व्यक्त गरेको छ।

बिज्ञापन

शिखर स्वास्थ्य सुरक्षा अन्तर्गत नेपालभरका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गर्दा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ। त्यस्तै, बीमा रकमको १० प्रतिशतसम्म (अधिकतम १ लाख रुपैयाँ) बहिरंग उपचार खर्चमा समेत बीमा दाबी गर्न सकिने सुविधा उपलब्ध छ। नगदरहित उपचारमा बीमितले अस्पताललाई सिधै सेवा लिन सक्ने र भुक्तानीको जिम्मेवारी बीमा कम्पनीले लिने व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत अस्पताल भर्नापूर्व ३० दिन र भर्नापछि ६० दिनसम्मको खर्च बीमा कभरमा पर्छ। साथै, १५० भन्दा बढी डे–केयर उपचार र नवजात शिशुको अस्पताल भर्ना सम्बन्धी उपचारसमेत यसबीचमा सुरक्षण पाइनेछ।

बिज्ञापन

शिखर इन्स्योरेन्सले यो योजनामा दीर्घकालीन लाभ दिने प्रावधान पनि गरेको छ। बीमालेख अवधिभर दाबी नपरेको अवस्थामा नविकरण गर्दा “नो क्लेम बोनस” प्राप्त हुनेछ। यसले बिमितलाई थप लाभ दिने कम्पनीले जनाएको छ।

शिखर स्वास्थ्य सुरक्षा बीमा नेपालमा बस्ने नेपाली नागरिक मात्र नभई नेपालमा बस्ने विदेशी नागरिकले पनि लिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीले यसलाई झन्झटमुक्त, दीर्घकालीन लाभ दिने र सबै वर्गलाई लक्षित स्वास्थ्य सुरक्षा योजनाका रूपमा अघि सारेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते