पर्साको सखुवा प्रसौनी गाउँपालिका-२, कटेया गाउँमा प्रहरीले छापा मारेर १९१ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ ।
बिज्ञापन
बुधवार मध्यरातमा जिल्ला प्रशासन, प्रहरी, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको संयुक्त अनुगमन टोलीले साह महमद अन्सारी र युनुस अन्सारीको घरमा छापा मारेको हो ।
बिज्ञापन
प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई प्राप्त सूचनाका आधारमा खटिएको टोलीले साहको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा मल बरामद गरेको हो । यस्तै, युनुसको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा मल फेला परेको हो ।
बरामद मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । दुवै घरधनी फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पर्सामा धानबालीका लागि मलको चरम अभाव छ । सरकारी अनुदानको मल किसानसम्म नपुग्दा कालोबजारी र अनियमितताको गुनासो बढेको छ ।








