होमपेज > एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण गर्‍यो

एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण गर्‍यो

बिज्ञापन
बिज्ञापन

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेज्यूले कार्यक्रमको अध्यक्षता गरेका थिए भने बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्राडा हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए।

बिज्ञापन

बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी, रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ग्रिन मन्थको रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा, यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो ।बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ ।

बिज्ञापन

बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते