होमपेज > आज बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ भर्ने अन्तिम दिन

आज बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ भर्ने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।

बिज्ञापन

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ५ लाख २९ हजार ४०० कित्ता शेयरको आवेदन साउन ९ गते नै बन्द भइसकेको छ ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर वितरण गरिसकेपछि, अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता शेयर जारी गर्ने तयारी गरिरहेको छ । यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते