होमपेज > प्रिज्मा एड्भर्टाइजिबले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

प्रिज्मा एड्भर्टाइजिबले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

बिज्ञापन
बिज्ञापन

प्रिज्मा एड्भर्टाइजिबले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ ।

बिज्ञापन

प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिब सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो । यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिब र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको छ । यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एड्भरटाइजिबका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए ।

बिज्ञापन

विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित
गर्छ । आफ्नो २०औँ वर्ष प्रवेश गरेको अवसरमा फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अवार्डले रचनात्मकता, रणनीति र दीर्घकालीन
ब्रान्डको पहिचान, मूल्य र प्रतिष्ठामार्फत्उद्योगलाई पुनर्जनन्गर्ने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई सम्मान गर्छ । अन्तर्राष्ट्रियस्तरकोमनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनायो । यो मान्यताले नेपालको रचनात्मक उद्योगका लागि महत्वपूर्ण कोसेढुब्गा हो र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको सम्मानित समूहमा स्थापित गरेको छ ।

बिज्ञापन

उक्त कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिबका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भन्नुभयो, “ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो
टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो । हामी विश्वास
गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्। यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको
खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेको छ ।”

प्रिज्मा एड्भर्टाइजिब ब्रान्डलरेट अवाड्र्सबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो, जुन नेपालका लागि गर्विलो र ऐतिहासिक क्षण
हो । यो अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसब इलेक्ट्रोनिक्स, टोयोटा, आइबीएम र जिमी चू जस्ता विश्व सम्मानित
व्यापार, रचनात्मकता र संस्कृतिका नामहरूलाई सम्मानित गरेको छ । ओगिल्वी मलेसिया, डेन्ट्सु सिब्गापुर र लियो बर्नेट भियतनाम जस्ता
अग्रणी एजेन्सीहरूका साथै क्रिस्टियानो रोनाल्डो, नास डेली र निकोल एन डेभिड जस्ता प्रभावशाली व्यक्तित्वहरू पनि विगतका विजेताहरूमा
समावेश छन्।

“विश्वस्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु हाम्रो लागि र नेपालका लागि गर्वको क्षण हो,” प्रबन्धक शरद शाहीले भन्नुभयो । यो
अवार्डले नेपालबाट विश्वसम्म पु¥याउने साहसी र अर्थपूर्ण ब्रान्ड निर्माणमा समर्पित ३५ वर्षको हाम्रो यात्रालाई सम्मान गरेको छ ।
यो सम्मानले दक्षिण एसियामा प्रिज्मा एड्भर्टाइजिबको सिर्जनात्मक नेतृत्वको स्थानलाई थप बलियो बनाएको छ । यो एजेन्सीले उपभोक्ता
वस्तु, दूरसञ्चार, वित्त र प्रविधि क्षेत्रहरूमा वृद्धि, प्रतिभा पोषण र परिणामहरू प्रदान गर्ने ब्रान्ड कथाहरू निर्माण गर्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते