होमपेज > थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
भएको छ ।

बिज्ञापन

बिज्ञापन

“जीवनको उपहार दिऔं” भन्ने मुल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो । मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाईटी ईन्टरनेशनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्‍याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो ।

बिज्ञापन

थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । “तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’’ थाई एयरवेजले भनेको छ । उक्त कार्यक्रममा सोसाईटी ईन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर १ सय ३१ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

-थाई एयरवेजको बारेमाः

थाई एयरवेज अन्तर्राष्ट्रिय थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । उक्त विमानले काठमाडौं–बैंकक मार्गमा दैनिक दुईवटा उडान सञ्चालन गर्ने गर्दछ र त्यहाँबाट एसिया, युरोप तथा अष्ट्रेलियालगायतका प्रमुख गन्तव्यहरूमा सेवा पुर्‍याउँदै आएको छ । यस एयरलाइन्सले उत्कृष्ट सेवा दिनुका साथै सुरक्षा र दिगो विकासमा समेत प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा सक्रियता जनाउँदै सेवाग्राहीमा समर्पित छ ।

-सोसाइटी इन्टरनेशनल ट्राभल्सका बारेमाः

सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जि।एस।ए। प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट ९जीएसए० को रूपमा कार्यरत छ ।

यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत् विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पुर्‍याउँदै आइरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते