नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।








