होमपेज > आज बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन

आज बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने (साउन ९) अन्तिम दिन रहेको छ ।

बिज्ञापन

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

बिज्ञापन

जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुलाइरहेको छ । आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा​ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनीका सबै वडाका साथै भानु नगरपालिका वडा नं. १ तथा गोरखाको पालुङटार ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

स्थानीयले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यसपछि २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते