नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बिज्ञापन
बैंकले ६ जना संस्थापक शेयरधनीको २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखेको हो। यस शेयरमा हाललाई बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ भने इच्छुक संस्थापक शेयरधनीले उक्त अवधिभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
बिज्ञापन
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई यो शेयर बिक्री खुला गर्नेछ।








