होमपेज > ५.१७ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

५.१७ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ८०.९७ अंकले बढेको नेप्से परिसूचक आज ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको हो।

बिज्ञापन

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार २० अर्बमाथिको कारोबार भएकोमा आज १९ अर्बको शेयर कारोबार भएको छ। यसदिन ३१९ स्क्रिप्सको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बिज्ञापन

ट्रेड टावर र सानभी इनर्जीको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसैगरी ग्रीन भेन्चर्सको ९.४० प्रतिशतले बढ्दा लिबर्टी इनर्जीको ७.०८ र बेस्ट फाइनान्सको शेयर ५.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७८ करोड बढीको शेयर कारोबार भयो। शिवम् सिमेन्टले ७५ करोडको सेयर कारोबार गर्दा नेपाल इन्फ्रास्टक्चर बैंकको ६२ करोड र नेपाल रिइन्स्योरेन्सको ५५ करोड बराबरको सेयर कारोबार भयो।

बिज्ञापन

कारोबारमा आएकामध्ये ९८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.२३ प्रतिशतले बढ्यो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते