एक वर्षमा झन्डै १६ हजार विद्युतीय सवारी साधन (ईलेक्ट्रिकल भेहिकल) नेपाल भित्रिएका छन् ।
बिज्ञापन
आर्थिक वर्ष २०८१/८२ मा कुल १६ हजार ६५९ वटा विद्युतीय कार, भ्यान, जीप र मिनीरमाइक्रो बस नेपाल भित्रिएका हुन् ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरका १३ हजार ५६९ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका छन् । यस्तै, ९ अर्ब २८ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरका ३ हजार ९० वटा विद्युतीय मिनी बस र माइक्रो बस आयात भएका विभागले जनाएको छ।
बिज्ञापन
नेपालमा ५० किलोवाट मोटर पावर भएकादेखि ३०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडीहरू भित्रिने गरेका छन् ।नेपालमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा कुल २९ अर्ब ४८ करोड रुपैयाँ बराबरका ११ हजार ७०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।








