होमपेज > ८०.९७ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

८०.९७ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ।

बिज्ञापन

आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो। यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो। नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा रू २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण रू ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ।

बिज्ञापन

सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ६३, जीवन बीमा समूह चार दशमलव ३६ र लघुवित्त समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ। बैङ्किङ दुई दशमलव १०, विकास बैङ्क दुई दशमलव २६, वित्त एक दशमलव ९४, होटल तथा पर्यटन तीन दशमलव ४४ र जलविद्युत् समूह एक दशमलव ९० प्रतिशतले बढेको छ।

त्यसैगरी, लगानी तीन दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा दुई दशमलव ५६, व्यापार एक दशमलव ०१ र अन्य समूह तीन दशमलव २६ प्रतिशतले बढेको छ। आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ।

बिज्ञापन

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते