नेपाली बजारमा आज सोमबारको दिन सुनको मूल्य सामान्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।








