भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि मन्त्रालयबाट इजाजत लिएका तर २०८१ साल चैतसम्म नविकरण नगरेका ३७ वटा कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
बिज्ञापन
मन्त्रालयले आइतबार एक सूचना निकालेर निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम नविकरण नगर्ने ३७ कम्पनीको इजाजतपत्र खारेज भएको जानकारी दिएको हो । इजाजत्रपत्र खारेज भएका निर्माण कम्पनीहरुमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन्, भ्याली स्टार विल्डर्स, गिरी कन्ट्रक्सन, डिलक्स् द व्रेभ वरियर अफ कन्स्ट्रसन लगायत छन् ।
बिज्ञापन
यस्तै, पारिजात निर्माण सेवा, इन्टरनेशनल इन्फ्रा विल्डर्स, आर. एम. वी. इन्जिनियर्स एण्ड विल्डर्स, शरदराज कोलाक्षपति कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीको पनि इजाजतपत्र खारेज भएको छ ।








