होमपेज > टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

बिज्ञापन
बिज्ञापन

टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ, जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ।

बिज्ञापन

यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको छ, किनभने विश्वव्यापी रूपमा
प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ। शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलो पटक प्रस्तुत गर्दैछ।

बिज्ञापन

शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको
मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन्। टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविद भन्छन्, “शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।

यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिंगलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्‍याउने विश्वास हामीले लिएका छौं। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं।”

बिज्ञापन

हाल शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्‍याइरहेको छ। यसका अतिरिक्त, टिकटकले शोसँग सहकार्य गर्दै लामो फर्म्याटका कन्टेन्टहरू प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जनमा विविधता थप्ने र शोको स्टोरीटेलिंगलाई टिकटकको मौलिक फिचरसँग मिलाएर थप आकर्षक बनाउने विश्वास गरिएको छ।

नेपालका लागि शार्क ट्यांकको फ्रेन्चाइजी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्, “नेपालमा शार्क ट्यांक जस्तो विश्वस्तरीय शो ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। टिकटकसँगको साझेदारीले हाम्रो शोको प्रभाव र पहुँचलाई अझ फैलाउनेछ। टिकटक मार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकहरूसँग सिधा संवाद गर्न सक्छौं, जसले व्यवसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ।”

शोको आधिकारिक ह्यासट्याग #SharkTankNepal टिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ र ट्रेन्डिङ तथा डिस्कभरी सरफेसहरूमा देखा पर्न थालिसकेको छ। केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दाबढी फलोअर्समा पुगेको छ र सिजनभरि बिहाइण्ड द सीन भिडियो क्लिप्स, विशेष अन्तर्वार्ताहरू, मुख्य क्षणहरू, शार्कहरूका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्यमा छ।

यो साझेदारीले उद्यमशीलता, कन्टेन्ट इनोभेसन र लोकल स्टोरीटेलिंगमा टिकटकको प्रतिबद्धतालाई स्पष्ट पार्दछ। डिजिटल मनोरञ्जनको ऊर्जा र व्यवसायिक प्रस्तुतीकरणको अनुशासन तथा प्रेरणालाई एकसाथ जोड्दै, टिकटक र शार्क ट्यांक नेपालले सँगै मिलेर देशभरका दर्शकहरूसामु जानकारी, मनोरञ्जन र सशक्तिकरणको अर्थलाई पुनःपरिभाषित गरिरहेका छन्।

टिकटकबारे:

टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी गन्तव्य हो। यसको लक्ष्य रचनात्मकतालाई उत्प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकका कार्यालयहरू लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जकार्ता, जोहानसबर्ग, सिओल र टोकियो लगायत विश्वभर रहेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते