होमपेज > साउनका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक: १० वाणिज्य बैंककाे ब्याजदर घट्याे, अन्यकाे कति?

साउनका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक: १० वाणिज्य बैंककाे ब्याजदर घट्याे, अन्यकाे कति?

बिज्ञापन
बिज्ञापन

साउन महिनाका लागि वाणिज्य तथा विकास बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्।

बिज्ञापन

प्रकाशित सूचनाअनुसार १० वाणिज्य बैंकले ब्याजदर घटाउँदा ५ बैंकले स्थिर राखेका छन् भने २ बैंकले मात्र ब्याजदर बढाएका छन्। साउनका लागि वाणिज्य बैंकहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल बैंक र कृषि विकास बैंकले असारमा कायम ५.४५ प्रतिशत ब्याजदर घटाएर साउनमा ५.४० प्रतिशतमा ल्याएका छन्। लक्ष्मी सनराइज बैंकले ५.७५ बाट ५.५० मा झारेको छ। प्रभु बैंकले असारको ६.१० प्रतिशतबाट साउनमा ४.२५ प्रतिशतमा झरेको छ। यसैगरी, सिटिजन्स बैंकले ५.६५ बाट ५.५० मा, एभरेष्ट बैंकले ६.५५ बाट ६.२५ मा, कुमारी बैंकले ५.७१ बाट ५.४१ मा, प्राइम बैंकले ६.२५ बाट ६ मा, राष्ट्रिय वाणिज्य बैंकले ६ बाट ५.५० मा र नेपाल एसबीआई बैंकले ५.५० बाट ५.३५ प्रतिशतमा ब्याजदर झारेका छन्।

बिज्ञापन

यस्तै, माछापुच्छ्रे, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबि र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी ५ वाणिज्य बैंकले क्रमशः ६.००, ५.७५, ६.००, ६.०० र ६.२५ प्रतिशत ब्याजदर साउन महिनाका लागि स्थिर राखेका छन् । साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर बढाउने बैंकमध्ये हिमालयन बैंकले साउनमा ब्याजदर ६ प्रतिशत पुर्‍याएको छ, जुन असारमा ५.५० प्रतिशत थियो। यस्तै, सानिमा बैंकले ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन अघिल्लो महिनामा ६.३३ प्रतिशत थियो।

राष्ट्रियस्तरका सातवटा विकास बैंकहरूले पनि साउन महिनामा ब्याजदर घटाएका छन्। असारमा व्यक्तिगत मुद्दति निक्षेपमा ५ विकास बैंकहरूले ६.५० प्रतिशत ब्याज दिँदै आएका थिए, सो दर साउनमा ६.११ प्रतिशतदेखि ६.२५ प्रतिशतमा झरेको छ।साउनमा गरिमा विकास बैंकले ६.११ प्रतिशत, ज्योति विकास बैंकले ६.११ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ६.२५ प्रतिशत, कामना सेवा विकास बैंकले ६.१५ प्रतिशत, लुम्बिनी विकास बैंकले ६.११ प्रतिशत, महालक्ष्मी विकास बैंकले ६.११ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ६.११ प्रतिशत कायम गरेका छन्।

बिज्ञापन

नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार, व्यक्तिगत मुद्दति निक्षेपमा लागू हुने अधिकतम ब्याजदरको आधारमा रेमिट्यान्स मुद्दतिमा १ प्रतिशत बढी र संस्थागत मुद्दतिमा १ प्रतिशत कम ब्याजदर कायम गर्नुपर्ने व्यवस्था पनि बैंकहरूले पालना गर्नुपर्ने हुन्छ। साउन महिनाका लागि सार्वजनिक ब्याजदरले वित्तीय क्षेत्रको तरलता र बैंकिङ प्रणालीमा देखिएको स्थायित्व तथा मौद्रिक नीतिसँगको सम्बन्ध स्पष्ट संकेत गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते