होमपेज > हिमालयन बैंकको एफपीओमा ३२ गतेदेखि आवेदन दिन सकिने

हिमालयन बैंकको एफपीओमा ३२ गतेदेखि आवेदन दिन सकिने

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंक लिमिटेडको एफपीओमा भोलिबाट आवेदन दिन सकिने भएको छ । बैंकले भोलि असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्न लागेको हो।

बिज्ञापन

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५७ रूपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रूपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो ।

बिज्ञापन

बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गरेको हो। एफपीओ निष्काशनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ।

एफपीओको निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

बिज्ञापन

एफपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले बैंकलाई केयर–एनपी त्रिपल बी (आईएस) रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते