आगामी साउन ६ गतेदेखि बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ खुला गर्न लागेको हो।
बिज्ञापन
आइपीओमा स्थानीय तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं.-१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं.-७ का स्थानीय बासिन्दाहरूले ५ लाख ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
बिज्ञापन
साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५ लाख २९ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई शेयर बाँडफाँट गरिसकेपछि मात्र सर्वसाधारणलाई आइपीओ जारी हुनेछ।
स्थानीयले बासिन्दाले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसैगरी, वैदेशिक रोजगारीमा रहेकाहरूले साउन ९ गते र ढिलोमा साउन २० गते भर्न सक्नेछन् ।
बिज्ञापन
स्थानीयले कम्पनीको कार्यालय, तल्लो स्टेसन, बन्दीपुर गाउँपालिका वडा नं।४, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं। १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं।७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयरमार्फत अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।








