होमपेज > विकास हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट

विकास हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट

बिज्ञापन
बिज्ञापन

विकास हाइड्रोपावर कम्पनीको आइपीओ आज असार २९ गते बाँडफाँट गरिएको छ।

बिज्ञापन

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। यो आइपीओ सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म बिक्री खुला गरिएको छ।

बिज्ञापन

कम्पनीले दोस्रो चरणमा ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यो आइपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयर खरिदका लागि आवेदन नपरेको थियो।

कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता शेयर सदर भएको छ। बाँकी १ लाख ६ हजार ९८६ जनाबाट परेको २६ लाख ६५ हजार २६० कित्ता बदर भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये १७ लाख ४९ हजार ४१० जनाको हात खाली भएको छ।

बिज्ञापन

यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र जारी गर्ने कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटसँगै सीडीएससीको मेरो शेयर र  iporesult.cdsc.com.np हेर्न सकिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते