साताको चौथो दिन शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको छ ।
बिज्ञापन
आज नेप्से ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद-बिक्री भएका छन्।
बिज्ञापन
आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेन। कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको शेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ।
आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको शेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकको लगानीकर्ताले ३.९३ प्रतिशत कमाए।
बिज्ञापन
कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
यसअघिका दुई दिनमा बजार सामान्य घटेको थियो । त्यसअघि ७ दिन बढेको बजारले दुई दिनको स्थिरतापछि फेरि सुधारको बाटो लिएको हो ।








