होमपेज > सिटिजन्स सदाबहार योजना आवेदन खुला: असार २७ सम्म इकाई खरिद गर्न सकिने

सिटिजन्स सदाबहार योजना आवेदन खुला: असार २७ सम्म इकाई खरिद गर्न सकिने

बिज्ञापन
बिज्ञापन

सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको पहिलो खुला मुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने समय असार २७ गतेसम्म मात्र खुला रहनेछ ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त यस योजनाको इकाई बिक्री असार १३ गतेदेखि सुरु भई २७ गते ९शुक्रबार० साँझ ५ बजेसम्म बैंकिङ समयसम्मका लागि खुला गरिएको हो । ५० करोड रुपैयाँको कोष रहने यस योजनामा न्यूनतम १०० इकाई (१ हजार) देखि अधिकतम ५ लाख इकाई (५ करोड रुपैयाँ) सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । साथै, योजना एसआईपी (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) गर्न मिल्ने पहिलो खुला मुखी योजना हो

बिज्ञापन

इकाई खरिदका लागि लगानीकर्ताले आफ्नो मेरोशेयर खाता प्रयोग गरेर वा सी-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् । सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार योजना अन्तर्गत औसत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले म्युचुअल फन्ड, लगानी व्यवस्थापन तथा वित्तीय परामर्श सेवामा नयाँ आयाम थप्दै सम्पूर्ण शाखा मार्फत सेवा विस्तार गरिरहेको छ । कम्पनीको अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ छन् ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको समेत सह–लगानी रहेको छ । काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा यसको कार्यालय रहेको छ । कम्पनीले काठमाडौं बाहिर रहेका लगानीकर्तालाई समेत सहज पहुँच दिने उद्देश्यले सिटिजन्स बैंकका देशभरका शाखा मार्फत लगानी व्यवस्थापन सेवा प्रदान गरिरहेको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते