भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले फेरि एक पटक व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको मूल्य घटाएको छ।
बिज्ञापन
मंगलबारदेखि भारतमा प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसा घटेपछि दिल्लीमा ग्यासको मूल्य १७२३.५० बाट झरेर १६६५ रुपैयाँ मा आएको छ। यो पछिल्लो समायोजन भन्दा ठीक एक महिना अघि – जुन १ मा पनि भारतले प्रतिसिलिन्डर २४ रुपैयाँले मूल्य घटाएको थियो। यसरी हेर्दा, भारतमा ग्यासको मूल्य घट्ने क्रम नियमित अभ्यासजस्तै देखिन थालेको छ।
बिज्ञापन
आईओसीले सोमबार साँझ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको थियो। नयाँ सूचीमा व्यवसायिक ग्यासको मूल्य प्रतिसिलिन्डर ५१ रुपैयाँले घटाइएको थियो। तर, नेपाल आयल निगमले भारतबाट घटेर आएको मूल्यलाई यथावत् राख्दै उपभोक्तालाई राहत नदिने निर्णय गरेको छ। उल्टै, पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्यमा वृद्धि गरेर आम उपभोक्तालाई थप भार थोपरेको छ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएको दाबी गर्दै आए पनि ग्यासमा भने विगतमा भएको घाटालाई कारण देखाउँदै मूल्य नघटाइएको तर्क गर्दै आएको छ।








