सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याउने भएको छ ।
बिज्ञापन
कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०।२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । उक्त हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ ।
बिज्ञापन
यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख २२ हजार ५०६ कित्ता रहेको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले प्रतिकित्ता के कति दररेटमा शेयर लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।







