होमपेज > कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्धती खाता खोल्न र कर्जा लिन सकिने

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्धती खाता खोल्न र कर्जा लिन सकिने

बिज्ञापन
बिज्ञापन

देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्धती खाता भएका ग्राहकहरूका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ ।

बिज्ञापन

कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ एपवाट मुद्धती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप ‘प्क्षःयदष्भि’ मार्फत नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको छ ।

बिज्ञापन

यसअघि मुद्धती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्थ्यो । तर, यस सुविधा पश्चात शाखामा नगईकनै मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ ।

व्यस्त समयमा समेत आफ्नो मुद्धती खाताको रकम जुनसुकै वेला जुनसुकै स्थानवाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय पनि कुर्नु नपर्ने, बैंकको शाखा सम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुन विश्वास बैंकले लिएको छ । ग्राहकहरुलाई बैंकसम्म पुग्नुपर्ने वाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्धेश्यका साथ सेवा सुविधाहरुलाई प्रविधिमैत्री बनाउदै लगिएको हो ।

बिज्ञापन

बैंकले यस भन्दा पहिले नै अनलाईनवाट खाता खोल्न सकिने, मोवाईल बैंकिङ एप वाट नै मुद्धती खाता खोल्न सकिने व्यवस्था गरिसकेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते