होमपेज > गभर्नर पौडेलको २३ करोडभन्दा बढीको सम्पत्ति, दुई ठाउँमा घर र ४५ तोला सुन

गभर्नर पौडेलको २३ करोडभन्दा बढीको सम्पत्ति, दुई ठाउँमा घर र ४५ तोला सुन

बिज्ञापन
बिज्ञापन

गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार केही दिनअघि उनले यस्तो सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्।

बिज्ञापन

उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ। दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ। पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको उल्लेख गरेका छन्। नवलपरासीको गैंडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रूपैयाँमा घर किनेको विवरणमा उल्लेख छ।

बिज्ञापन

गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ। आजको मूल्यमा यो करिब ८६ लाख ४० हजार बराबर हुन आउँछ। त्यस्तै, करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ। सुन भने पैतृक रूपमा पाएको उल्लेख छ। पौडेल र उनको पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत छ। यो रकम सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरिएको छ। यसबाहेक डलर खाता पनि छ। उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ।

उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ। जुन आजको दर अनुसार ६ लाख २२ हजार रूपैयाँ हाराहारी हुन आउँछ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढीको शेयर छ। उनको सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा शेयर रहेको छ।

बिज्ञापन

अहिले सानिमा माइ हाइड्रोको साधारण शेयर मूल्य बजारमा ६ सय २ रूपैयाँमा कारोबार भइरहेको छ। यस अनुसार पौडेलसँग रहेको हाइड्रोको शेयर मूल्य मात्रै ५ करोड ५७ लाख छ। उनीसँग रहेका अन्य शेयर भने प्रवद्र्धक शेयर हुन्।

पौडेलको पत्नीका नाममा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते