पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट रकम प्रशोचन गर्ने गरेको छ । सोही अनुरुप केन्द्रीय बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
बिज्ञापन
निक्षेप संकलन उपकरण प्रयोग गरेर राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम बजारबाट उठाउन लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
बिज्ञापन
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । उक्त रकमको साँवा र ब्याज भुक्तानी साउन ७ गते हुने राष्ट्र बैंकले जनाएको छ ।








