होमपेज > लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

बिज्ञापन
बिज्ञापन

विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ।कम्पनीले उक्त महिना ३१,४८८ वटा NEV बिक्री गर्‍यो। जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९५ ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ।

बिज्ञापन

चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माताकम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको NEV बजारमा बलियो उपस्थिती बनाएको छ।यसको प्रमुख मोडल M9 मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदी जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। M9 ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।

बिज्ञापन

सन् २०२५को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसन सँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको M9 को सार्वजनिक वितरणर अप्रिलमा M8 को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।

बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६मा झर्‍यो। तर M9 को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।

बिज्ञापन

अप्रिल १६मा सार्वजनिक गरिएको M8,M7 र M9 को बीचको मोडलहो र यसको मूल्य ३५९,८००युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ।LiDAR प्रविधि र HarmonyOS ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले M9 भन्दाकरिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ।सार्वजनिकभएको केहीसाता भित्रै यसले ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।

सेरेसको सन् २०२४को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४मा ४,२६,८८५ वटा NEV बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४% ले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।

हाल सम्म सेरेसले M8 को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिनछ। यद्यपि प्री-अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ।

सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण NEV बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो।चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन NEV बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२% ले बढी हो।सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३% NEV हरू थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते