होमपेज > डिजेल र पेट्रोलमा लगाइएको हरित कर बापत दुई अर्ब रुपियाँ सङ्कलन

डिजेल र पेट्रोलमा लगाइएको हरित कर बापत दुई अर्ब रुपियाँ सङ्कलन

बिज्ञापन
बिज्ञापन

डिजेल र पेट्रोलमा लगाइएको हरित कर बापत झन्डै दुई अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपियाँ सङ्कलन भएको हो ।

बिज्ञापन

निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द साहले चालु आवमा हरित करबापत दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सो अनुसार कर सङ्कलन गरिने जानकारी दिनुभयो । इन्धन आयात हुने भन्सारविन्दुमा सङ्कलन गरिएको कर सरकारको खातामा जम्मा हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बिज्ञापन

सरकारले चालु आवको बजेट मार्फत डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँका दरले हरित कर लगाइको थियो । गत वर्षको १५ जेठमा बजेट भाषणसँगै सोही दिनदेखि हरित कर सङ्कलन गरिँदै आएको निगमले जनाएको छ । गत आव २०८०र८१ मा हरित करबापत २९ करोड रुपियाँ सङ्कलन भएको थियो । निगमले डिजेल पेट्रोल आयात हुने भन्सारविन्दुमै कर सङ्कलन गर्ने गरेको जनाएको छ । हरित करबापत वार्षिक रूपमा दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन हुने निगमले जनाएको छ ।

हरित कर भन्नाले वातावरणलाई प्रदूषित गर्ने क्रियाकलापमा लगाइने करलाई जनाउँछ जुन सामान्यतः ‘प्रदूषकले तिर्ने’ सिद्धान्तमा आधारित हुन्छ । यस्तो करले प्रदूषण कम गर्ने, हानिकारक ऊर्जाको प्रयोग घटाउने र स्वच्छ ऊर्जा प्रवर्धन गर्ने लक्ष्य राख्छ । इन्धनमा लगाएको करले गर्दा उपभोक्तालाई इन्धन खरिदमा थप भार पर्ने गर्छ । पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ । निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट कर सङ्कलन गर्दै आएको छ ।

बिज्ञापन

पेट्रोलियम पदार्थ, कोइला लगायतका सामग्रीमा हरित कर लगाइएको छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यसाथ हरित कर लगाउने घोषणा गरिएको थियो । यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत हरित कर लाग्ने छ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने व्यवस्था छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स