होमपेज > आज कुन तरकारीको बजार मूल्य कति? हेर्नुहोस्

आज कुन तरकारीको बजार मूल्य कति? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आईतबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

बिज्ञापन

समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४८ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ४० रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ३९ रुपैयाँ निर्धारण गरिएको छ ।

बिज्ञापन

अन्य तरकारीहरूमा गाजर (लोकल) ५५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, काउली (स्थानीय) ५३ रुपैयाँ, मूला रातो ३५ रुपैयाँ, मुला सेतो (लोकल) ३४ रुपैयाँ, मुला (हाइव्रिड) ४० र भन्टा लाम्चो २५ रुपैयाँ र भान्टा डल्लो ३० रुपैयाँ किलो रहेको छ । तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मकैबोडी प्रतिकिलो ७० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ७४, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, भटमासकोशा १३० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४५ रुपैयाँ, र भिण्डी ४०, पिंडालू १२० रुपैयाँ, १७० रुपैयाँ किलो मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै झिगुनी प्रतिकिलो ६० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरीयो फर्सी २५ रुपैयाँ, स्कुस ७० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ । रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । प्याज हरियो ५० रुपैयाँ, च्याउ (कन्य) २२० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, र कुरिलो ३०० रुपैयाँ किलो रहेको छ ।

बिज्ञापन

निउरो प्रतिकिलो ३० रुपैयाँ, ब्रोकाउली ८५ रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ७०, जिरीको साग ८० रुपैयाँ, ग्याठ कोबी ६० रुपैयाँ, सेलरी १२०, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना ११०, गान्टे मुला ५० रुपैयाँ, इमली, १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३८० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १९० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (मालदह) ६५ रुपैयाँ, आँप (दसहरी) ७५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०, तरबुजा (हरियो) ४० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २५० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८०, रुख कटहर ६५ रुपैयाँ किलो र भारतीय मेवा ११० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १४० रुपैयाँ र लिची (भारतीय) २२० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

अदुवा ११० रुपैयाँ किलो, खुर्सानी सुकेको ४२० रुपैयाँ, खर्सानी हरीयो ४५, बुलेट खुर्सानी ४० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी ९५ रुपैयाँ, हरीयो धनियाँ ३५ रुपैयाँ, चाइनीज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८० रुपैयाँ, छ्यापी सुकेको २००, छयापी हरीयो १२० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
त्यसैगरी ताजामाछा रहु ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ, ३००, सिताके च्याउ ९०० रुपैयाँ किलो निर्धारण भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते