होमपेज > यु–१४ विद्यालय खेलकुद प्रतियोगिता जेठ २२ देखि काठमाडाैंमा सन्चालन हुने

यु–१४ विद्यालय खेलकुद प्रतियोगिता जेठ २२ देखि काठमाडाैंमा सन्चालन हुने

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद यही जेठ २२ गते देखि २६ गते सम्म काठमाडाैंमा सन्चालन गर्ने भएको छ ।

बिज्ञापन

बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।

बिज्ञापन

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य रन्जना प्रधानले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुने छन । सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन गरिने शर्माले जानकारी दिएका छन् ।

बिज्ञापन

एथलेटिक्सको ट्याक तर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४ ह १०० मिटर रिले दौड र लङजम्पमा प्रतिष्पर्दा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र /छात्रा सिंगल तथा डवल्सका प्रतिष्पर्दा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् । यस्तै बास्केटबल छात्र/छात्र ३ ह ३ र रग्वीको छात्र/छात्राका प्रतियोगिता हुने छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते