नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै आज चाँदी तोलामा ३५ रूपैयाँले बढेको छ। बुधबार तोलामा १९ सय ९० रूपैयाँ कायम भएको चाँदी बिहीबार २ हजार २५ रूपैयाँ कायम भएको हो ।








