डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ।
बिज्ञापन
फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्। ‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सेवा चेक वा एटिएम कार्डबिना नै मोबाइल बैंकिङ एपमार्फत नगद झिक्न सकिने प्रणाली हो।
बिज्ञापन
क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन के हो?
यो सेवा नेपाली बैंकिङ क्षेत्रमा एक नवीनतम सुविधा हो, जसले ग्राहकलाई क्युआर कोड स्क्यान गरेर नगद झिक्ने सुविधा दिन्छ। ग्राहकले बैंक को शाखामा गएर, टेलर काउन्टरमा राखिएको क्युआर कोड स्क्यान गरी आफ्नो मोबाइल बैंकिङ एपबाट ट्रान्जेक्सन स्वीकृत गरेपछि तत्काल नगद प्राप्त गर्न सक्छन्।
बिज्ञापन
सेवा कसरी प्रयोग गर्ने ?
-बैंकको कुनै पनि शाखामा जानुहोस्।
-आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् (फोने पे सञ्जालमा आबद्ध बैंकको)
-टेलर काउन्टरमा रहेको क्युआर कोड स्क्यान गर्नुहोस्।
-झिक्न चाहेको रकम प्रविष्ट गर्नुहोस्।
-ट्रान्जेक्सन स्वीकृत गर्नुहोस्।
-टेलरबाट नगद प्राप्त गर्नुहोस्।
यो सेवा विशेष गरी एटिएम सुविधा सीमित भएका स्थानहरूमा वा ग्राहकहरू आफ्नै बैंक शाखा पुग्न नसक्ने अवस्थामा उपयोगी बन्ने विश्वास गरिएको छ।
बैंकको नयाँ सेवा नेपालमा बैंकिङ अन्तर सञ्चार प्रवर्धन गर्ने दिशामा महत्त्वपूर्ण मानिएको छ। बैंकले ग्राहकमैत्री, सरल र डिजिटल प्रविधिमा आधारित सेवा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।








