होमपेज > देशका धेरै ठाउँमा वर्षा शुरू, दुई हप्तासम्म पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा वर्षा शुरू, दुई हप्तासम्म पानी पर्ने सम्भावना

बिज्ञापन
बिज्ञापन

नेपालमा प्रि-मनसुन गतिविधि फेरि सक्रिय भएको छ । बिहीबारदेखि देशका धेरै ठाउँमा वर्षा शुरू भएको छ । केही ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अब झन्डै दुई हप्तासम्म रहने मौसमविद्ले बताएका छन् ।

बिज्ञापन

यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेलले बताए । अहिले प्रि–मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।

बिज्ञापन

काठमाडौं उपत्यकासहित देशभर बढेको गर्मी अब हरेक दिनजसो पर्ने पानीले केही कम हुने देखिएको छ । तर पश्चिम तराईमा अझै केही दिन चर्को गर्मी हुने मौसमविद् पोख्रेलको भनाइ छ । यसैबीच आज पनि ठाउँ–ठाउँमा हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

बिज्ञापन

कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते