हिमालयन रिइन्स्योरेन्स लिमिटेडद्धारा साधारण सभा आह्वान गरिएको छ।
बिज्ञापन
उक्त सभा जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाइएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
बिज्ञापन
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १० गतेसम्म शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।







