होमपेज > जिल्ला हुलाक कार्यालय बारामा ५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार: ६ जना विरुद्ध मुद्दा दायर

जिल्ला हुलाक कार्यालय बारामा ५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार: ६ जना विरुद्ध मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

बाराको जिल्ला हुलाक कार्यालयमा पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

बिज्ञापन

मुद्दा दायर गरिएकामध्ये जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह तत्कालीन कार्यालय प्रमुख थिए। हाल थुनामा रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि बचत बैंक हेर्ने जिम्मा लिँदै आएका थिए। उनले बचतकर्ताको पैसा पासबुक र लेजर बुकमा मात्र देखाएर नगदी रजिस्टरमा नदेखाई बैंकमा जम्मा नगरीकनै बाँडेर रकम अपचलन गरेको खुलेको छ।

बिज्ञापन

उनीहरूले हुलाक बचत बैंकको नियम, निर्देशिका र प्रक्रिया विपरीत गएर कार्यालयको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको अनुसन्धानमा खुलेको हो। यसरी आरोपीहरूले मिलेमतोमा बचतकर्ताको ५ करोड ३५ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते