होमपेज > राष्ट्र बैंकको गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्चमा रिट दायर

राष्ट्र बैंकको गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्चमा रिट दायर

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव परेको आरोप लगाउँदै रिट दायर गरेका हुन् ।

बिज्ञापन

उनीहरूले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१९क० र सुशासन ऐनको विभिन्न दफाका व्यवस्था उल्लंघन भएको दाबी गरेका छन् । रिट निवेदनमा गभर्नर सिफारिस समितिमा सहभागी व्यक्ति र पूर्व सांसदको उम्मेदवार समेत रहेका डा। पौडेललाई अगाडि सार्नु नै स्वार्थको बाझ भएको भन्दै नियुक्ति प्रक्रिया खारेज गर्नुपर्ने माग गरिएको छ । निवेदकहरूले सुशासन ऐन, २०६४ को दफा १६, १७ र १८ मा उल्लेख गरिएका पारदर्शिता, निर्णयका आधार र स्वार्थ बाझिएका अवस्थामा निर्णय नगर्नु पर्ने प्रावधान स्मरण गराएका छन् ।

बिज्ञापन

निवेदनमा मन्त्रिपरिषद्ले राजनीतिक प्रभावमा परी ऐन विपरित उम्मेदवारलाई नियुक्ति प्रक्रिया अघि बढाएमा त्यसले सुशासन र स्वतन्त्र नियामक संस्थाको विश्वसनीयतालाई गम्भीर असर पुर्‍याउने उल्लेख गरिएको छ । अन्तरिम आदेशको माग गर्दै दायर रिटमा गभर्नर नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को सम्भावित निर्णयमा रोक लगाउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९९१० अनुसार आदेश जारी गर्न माग गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते