रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका ७३ जना नेपालीले ज्यान गुमाएका छन् ।
बिज्ञापन
परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यतामात्रै २३ जनाको मृत्यु पुष्टि भएको छ । रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको बताइएको छ । मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।
बिज्ञापन
यस्तै रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।








