होमपेज > सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न अबदेखि प्रवेश परीक्षा दिनुनपर्ने

सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न अबदेखि प्रवेश परीक्षा दिनुनपर्ने

बिज्ञापन
बिज्ञापन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिनेछ ।

बिज्ञापन

त्यसका लागि परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । निर्देशिका अनुसार एसईईमा लिएको नम्बरलाई जिपिए ४ अङ्क भार मानिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अङ्क गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ ।

बिज्ञापन

वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरे परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो । विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो । अबदेखि भने प्रवेश परीक्षा नलिईकनै एसईई वा प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिएको आधारमा भर्ना गरिनेछ ।

यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलाउने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ । विगतमा परिषद् अन्तर्गतका कोर्षहरूको प्रवेश परीक्षाका लागि पूर्व तयारी कक्षा ९ब्रिज कोष० चलाउँदै आएका थिए । त्यस्ता कोर्षको नाममा विद्यार्थीहरू मोटो रकम असुल्ने गरेका थिए । त्यस्तो अवस्थाको अन्त्य गर्दै विद्यार्थीहरूले पाएको नम्बरका आधारमा भर्ना गरिने व्यवस्था गरिएको हो । सिटीइभिटी अन्तर्गत देशभर ६३ वटा आङ्गिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज छन् । ती कलेजमा हरेक वर्ष २५ हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् ।

बिज्ञापन

यसका लागि अबदेखि परिषद्ले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको छ । आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् । स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले उक्त निर्देशिका जारी भएसँगै विद्यार्थीलाई निकै सहज हुने बताए । अबदेखि प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षाको फारम भर्ने, प्रवेश परीक्षा दिने, प्रवेश परीक्षाको नतिजा कुर्ने लगायतका झन्झटिला प्रक्रियाहरूमा अलमलिनु नपर्ने भएको बताए ।

विद्यार्थीहरूले अनलाइनबाट आफूले चाहेको विषय, चाहेको शिक्षालयमा र आफू योग्य रहने कोटामा परिषद्को वेबसाइटमार्फत फारम भर्न सक्नेछन् । हरेक वर्षको असारमहिनादेखि मङ्सिर महिनासम्म करिब ६ महिना सम्म कार्यालय प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापनमा खट्नुपर्ने अवस्था रहँदै आएको थियो ।

अबदेखि उक्त जनशक्ति जनशक्ति शैक्षिक क्यालेन्डर अनुसारका अर्धवार्षिक एवं वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा केन्द्रित हुने पाउने उनको भनाइ छ । जसले गर्दा शैक्षिक क्यालेण्डर अक्षरशः कार्यान्वयनमा जाने अवस्था सुनिश्चित भएको समेत बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते