होमपेज > राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ५४ लाख

राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ५४ लाख

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको छ।

बिज्ञापन

गत आवको यसै अवधिसम्म २ करोड ४५ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवमा भने ३७।१० प्रतिशत कम नाफा गरेको हो। नाफा घटे तापनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य बढेको तथ्यांकले देखाएको छ। कम्पनीको खुद ब्याज आम्दानी ७ अर्ब ६९ करोड रूपैयाँबाट ०.५६ प्रतिशतले बढेर यस वर्ष ७ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ।

बिज्ञापन

यस वर्ष कम्पनीको कुल आम्दानी ८.४४ प्रतिशतले र कुल खर्च ४.९४ प्रतिशतले घटेको छ। कुल आम्दानी गत वर्ष १२ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा यस वर्ष ११ अर्ब ३९ करोड रूपैयाँमा झरेको छ भने कुल खर्च ११ अर्ब ४१ करोड रूपैयाँबाट १० अर्ब ८५ करोड रूपैयाँमा झरेको छ। चुक्ता पूँजी १८ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ करोड रूपैयाँ र जगेडा कोषमा ६२ करोड ३३ लाख रूपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १८.०६ रूपैयाँबाट घटेर १७.०४ रूपैयाँमा झरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते