होमपेज > छिमेक लघुवित्तको खुद नाफा ३२ प्रतिशतले वृद्धि

छिमेक लघुवित्तको खुद नाफा ३२ प्रतिशतले वृद्धि

बिज्ञापन
बिज्ञापन

छिमेक लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ। कम्पनीले यस अवधिमा ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६४ करोड ३७ लाख रुपैयाँ नाफाभन्दा ३२.५९ प्रतिशतले बढी हो।

बिज्ञापन

नाफा वृद्धिको मुख्य कारण कम्पनीको खराब कर्जा अनुपातमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको कमीलाई मानिएको छ। अघिल्लो वर्ष ३.०४ प्रतिशत रहेको खराब कर्जा घटेर हाल २.६० प्रतिशतमा झरेको छ। यसले लघुवित्तको समग्र वित्तीय स्थिति सुदृढ देखाएको छ।

बिज्ञापन

कम्पनीको कर्जा लगानी पनि ११.२० प्रतिशतले वृद्धि भई ३९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। छिमेकको हालको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ। खुद नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। गत वर्ष २८.८३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ३५.३९ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २४७.१४ रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते