होमपेज > सुर्खेतमा बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सम्पन्न

सुर्खेतमा बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडद्वारा सुर्खेतमा ‘बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम’ सफलता साथ सम्पन्न गरिएको छ ।

बिज्ञापन

सुर्खेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको विविध पक्षहरूमा केन्द्रित थियो ।

बिज्ञापन

कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख दिपक पोखरेलले स्वयं उपस्थित भई बीमाको अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायत बीमासम्बन्धी सम्पूर्ण पक्षहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए ।

कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालाहरूसँग समन्वय र सहकार्यलाई प्रगाढ बनाउनु रहेको थियो। कार्यक्रममा सहभागी संस्थाहरूका प्रतिनिधिहरूले बीमासम्बन्धी आफ्नो अनुभव, जिज्ञासा र सुझावहरू राख्न पाएका थिए, जसले छलफललाई अझ उपयोगी र अन्तरक्रियात्मक बनाएको थियो ।

बिज्ञापन

सुर्खेत शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी योगदान पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते