सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ८६ हजार ४७४ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ ।
बिज्ञापन
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न चाहनेले १५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सोको व्यहोरोसमेत खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । जसमा पर्याप्त आवेदन परेको थिएन ।








