काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बिज्ञापन
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् । श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।
बिज्ञापन
उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बोहराको भनाई छ ।
भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट श्रेष्ठले ब्लु लेवल १ थान रु.३०,२६४, ग्लेण्डफिडिच १ थान रु.१६,१९६, ओल्ड दरबार १ थान रु. ४,७५५, सूर्य चुरोट ३० थान रु.१०,२००, फिस वेल ६ थान रु. १९,५००, स्याफ्रान २५ थान रु.१३,७००, काजु ९०० ग्राम १० थान रु.२०,२३०, पिस्ता ८०० ग्राम १२ थान रु.२३, १९६, आलमण्ड १५ के.जी. रु.२८,७२५ चोरीका सामानहरू हुन्।








