होमपेज > पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक: के-के छन् विशेषता?

पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक: के-के छन् विशेषता?

बिज्ञापन
बिज्ञापन

नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन १६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ।

बिज्ञापन

बिज्ञापन

भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वास व्यक्त गरेको छ। नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ। ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको कम्पनीले बताएको छ।

बिज्ञापन

यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट फिचरहरु समावेश गरिएको कम्पनीको भनाइ छ। डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस राइड मोड डिस्प्ले उपलब्ध छन्। त्यसैगरी पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ। जसले १२ पीएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ। यसमा ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषता समावेश गरिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो मोडलमा उत्कृष्ट ईन्धन सक्षमता रहेको छ।

उक्त सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमितराज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्। उनले पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिएको बताए। एन१६० ले पावर र डिजाइनअन्तर्गत बजारमा आफ्नो स्थान बनाउँछ भने एन१२५ले ईन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिने उनको भनाइ छ।

वैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिने छ। साथै बजाजको यस ग्राण्ड कार्निभलमा टेस्ट राईडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यस अवसरमा उपस्थित ग्राहकलाई विशेष सुविधा उपलब्ध छन्। जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज र बजाजको “खुसीको मिटर“ योजनाअन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन्। साथै निःशुल्क एक्सेसरीज पनि उपलब्ध गराइनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते