होमपेज > तातो हावाको लहर चल्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह

तातो हावाको लहर चल्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह

बिज्ञापन
बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

बिज्ञापन

पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो हावाको लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’

बिज्ञापन

नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ । घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ । तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ । रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ ।

तातो हावाको लहर चलेमा काम गर्ने व्यक्तिहरूमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने खतरा बढी हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जानसक्ने खतरा हुन्छ । हातखुट्टा बाउँडिने, बढी असर परेमा वान्ता आउने र बान्ता फोक्सोमा पुग्यो भने मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । तातो हावाको लहर चलेका बेलामा शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो ।

बिज्ञापन

प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने लगायतका उपायबाट पनि यसबाट जोगिन सकिन्छ । कुनै व्यक्तिलाई त्यसको असर देखिएको छ भने तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, खुट्टामा असर परेका बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि असर कम हुँदै जान्छ । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने जानकारहरू बताउँछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते